राष्ट्र बैंकका गभर्नरसहित कर्मचारीहरूद्वारा बाढीपीडितलाई १ करोड ३९ लाख सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर सहितका पदाधिकारी तथा कर्मचारीहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूका लागि १ करोड ३८ लाख ८९ हजार ४२५ रुपैयाँ सहयोग गरेका छन् ।

केन्द्रिय बैंकका गभर्नर, डेपुटी गभर्नर तथा कर्मचारीहरु (करार सेवामा कार्यरत) समेतको तर्फबाट संकलित उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिएको जनाएको छ ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले जनधनको ठूलो क्षति पुर्‍याएको थियो । सो विपद्बबाट प्रभावित भएका व्यक्ति तथा परिवारहरूको राहत र पुनःस्थापनाका लागि राष्ट्र बैंकको गभर्नर, डेपुटी गभर्नर र कर्मचारीहरुको तर्फबाट उक्त आर्थिक सहयोग उपलब्ध गराएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।