देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिममा शतप्रतिशत

देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न हुँदा सुदूरपश्चिममा शतप्रतिशत र अधिकांश प्रदेशमा ९७ प्रतिशतभन्दा बढी रोपाइँ भएको कृषि विभागले जनाएको छ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागको तथ्याङ्क अनुसार शुक्रबारसम्म देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

विभागका अनुसार कोशी प्रदेशमा ९७ प्रतिशत, मधेस प्रदेशमा ९८.१० प्रतिशत, बागमती प्रदेशमा ९७.८२ प्रतिशत, गण्डकी प्रदेशमा ९६.६८ प्रतिशत, लुम्बिनी प्रदेशमा ९७.८७ प्रतिशत, कर्णाली प्रदेशमा ९८.५० प्रतिशत र सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

कोशी प्रदेशमा दुई लाख ६८ हजार ९५ हेक्टर, मधेस प्रदेशमा तीन लाख ७८ हजार ६०० हेक्टर, बागमती प्रदेशमा एक लाख १४ हजार ५२४ हेक्टर, गण्डकी प्रदेशमा ९६.६८ प्रतिशत, लुम्बिनी प्रदेशमा ९७.८७ प्रतिशत, कर्णाली प्रदेशमा ९८.५० प्रतिशत र सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

भदौ १ गतेसम्म कोशीमा ९६ प्रतिशत, मधेसमा ८६.३५ प्रतिशत, बागमतीमा ९७.२७ प्रतिशत, गण्डकीमा ९४.८३ प्रतिशत, लुम्बिनीमा ९८.३७ प्रतिशत, कर्णालीमा ९९.३४ प्रतिशत र सुदूरपश्चिममा ९९.७२ प्रतिशत धान रोपाइ भएको थियो ।

सो मितिसम्म देशभर ९६.०८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको विभागको तथ्याङ्क छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।