नेपाल आइपुग्यो सिएरा ईभी, नाडा अटो शो मा सार्वजनिक हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनका कारण ऐतिहासिक सफलता हासिल गरेपछि बहुप्रतीक्षित सियरा ईभीको नेपाल आइपुगेको छ ।

लन्चअघि नै अटो पारखीहरूमाझ व्यापक कौतुहलता सिर्जना गर्न सफल यो मोडल भदौ १० देखि १५ सम्म काठमाडौँमा आयोजना हुने नाडा अटो शोमा सार्वजनिक गरिँदैछ ।

आफ्नो सेग्मेन्टमा अत्याधुनिक प्रविधि, प्रिमियम फिचर्स र विशिष्ट डिजाइनको बेजोड संगम बोकेको सियरा ईभी नेपाली बजारमा भित्रिने नयाँ बेन्चमार्क इभी मोडल हो ।

भारतीय बजारमा बिक्री र बुकिङका नयाँ मापदण्ड कायम गरेको यस गाडीले नेपाली विद्युतीय सवारीसाधनको क्षेत्रमा समेत नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ ।

नेपाली सडकको बनावट र आधुनिक चालकको आवश्यकतालाई दृष्टिगत गरी भित्र्याइएको सिएरा ईभीले प्रिमियम राइडिङ र ड्राइभिङ डाइनामिक्सको नयाँ मानक स्थापित गर्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।