हुरीले फेवातालमा फसेका १२ पर्यटकको उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की। पोखरा ६‚ बैदामस्थित फेवातालमा ‘बोटिङ’ गर्ने क्रममा हुरीका कारण समस्यामा परेका १२ पर्यटकको उद्धार गरिएको छ।

आज (शनिबार) दिउँसो साढे ४ बजे फेवातालमा अचानक हुरीका आएपछि तालमा फसेका स्वदेशी तथा विदेशी पर्यटकको सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वाटरको टोलीले उद्धार गरेको हो।

उद्धार गरिएका सबैको अवस्था सामान्य रहेको सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिए। उनका अनुसार ती व्यक्तिहरू तालको बीचमा सर्फेस बोट र प्याडल बोटमा हुरीका कारण समस्यामा परेका थिए।

लगत्तै फेवातालमा स्थापना गरिएको ‘फेवा रेस्क्यू टावर’ मा खटिएका सशस्त्र प्रहरीको १० सदस्यीय टोलीले उद्धार गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।