तोलामा २१ सयले घट्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा २ हजार १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो

त्यसैगरी, शुक्रबार चाँदी तोलामा ५५ रुपैयाँले घटेसँगै प्रतितोला ५ हजार २३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी प्रतितोला ५ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४४५.४९ अमेरिकी डलर र चाँदी ७२.७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।