प्रधानमन्त्रीको बयानलाई लिएर अवरुद्ध राष्ट्रियसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बुधबार अपराह्न १२:१५ बजे बस्दै छ। संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आजको बैठकको सुरुमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा जानकारी गराउनेछन्।

सम्भावित दैनिक कार्यसूची अनुसार त्यसपछि बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु हुने कार्यसूची रहेको छ। जसअन्तर्गत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् र सो बजेटमाथि सामान्य छलफल प्रारम्भ हुनेछ।

यसैगरी, व्यवस्थापन कार्यतर्फ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेकै तर्फबाट प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।