प्रधानमन्त्रीसँग रास्वपा सांसदको माग- नेपालले भारतको भूमि अतिक्रमण गरेको तथ्य देखाउनुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ ले नेपालले भारतको भूमि अतिक्रमण गरेको भनिएको विषयमा तथ्य सार्वजनिक गर्न प्रधानमन्त्रीसँग माग गरेकी छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले हालसम्म नेपाली जनताले भारतले मात्रै नेपाली भूमि अतिक्रमण गरेको तथ्य सुन्दै आएको उल्लेख गर्दै प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिपछि नयाँ बहस सुरु भएको बताएकी छन्।

उनले लेखेकी छन्, “प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ, त्यसको तथ्य सार्वजनिक गरिदिनु हुन हार्दिक अपिल गर्दछु। किनकि सधैँभरि मलगायत हामी नेपालीहरूले भारतले मात्र अतिक्रमण गरेको तथ्य थाहा पाएका थियौँ। तर आजबाट हामीले बुझ्नुपर्ने दिन आएको छ कि हामीले पनि छिमेकी देशमाथि अतिक्रमण गरेका रहेछौँ। जुन कुरा हजुरबाट पुष्टि हुनेछ भन्नेमा हामी विश्वस्त छौँ।”

सांसद तामाङले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिलाई पुष्टि हुने आधार र प्रमाण सार्वजनिक गर्नुपर्ने बताएकी छन्। उनले सीमा सम्बन्धी संवेदनशील विषयमा स्पष्ट तथ्य प्रस्तुत गर्न सरकार जिम्मेवार हुनुपर्ने धारणा पनि व्यक्त गरेकी छन्।

प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल–भारत सीमा विवादको विषय पुनः राजनीतिक तथा सार्वजनिक बहसको केन्द्रमा आएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।