भक्तपुर। नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता दिने निर्णय गरेको छ।
अध्यक्ष केपी ओलीनिवास गुन्डुमा सोमबार बसेको एमाले सचिवालय बैठकले भण्डारीलाई पार्टीको सदस्यता दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
यसैगरी बैठकमा सरकारको कामको समीक्षा, पार्टी सदस्यता नवीकरण र विस्तार, पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजनबारे छलफल भएको थियो।
अध्यक्ष ओलीले सम्बोधन गरेको बैठकमा पदाधिकारीको वरीयताक्रम, संविधान संशोधनका विषय, पार्टी कार्यालय भवन निर्माणलगायत प्रस्ताव पेस गरिएको थियो।
बैठकमा विभिन्न ११ प्रस्ताव पेसको जानकारी दिँदै नेता भट्टले अर्को बैठक यही ८ जेठमा बस्ने बताए।

Comment