कांग्रेसको केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपाली कांग्रेसले पार्टीको केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन गरेको छ।

पार्टी सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३८ को उपधारा (१)बमोजिम पार्टीका केन्द्रीय सदस्य भरतकुमार शाहको संयोजकत्वमा गठित केन्द्रीय लेखा समितिमा आज (आइतबार) तीन सदस्य मनोयन गरेका हुन्।

सभापति थापाले विषय विज्ञताका आधारमा दिलीप ढुंगाना (धनुषा), रमेश नेपाल (भक्तपुर) र पदम भट्टराई (गुल्मी) लाई सदस्यमा मनोयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।