काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पहिलो महाधिवेशन आगामी ७ असारदेखि ९ सम्म चितवनमा आयोजना गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बुधबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले पार्टीको स्थापना दिवस पारेर पहिलो महाधिवेशन ७, ८ र ९ असारमा चितवनमा गर्ने निर्णय गरेको रास्वपा नेता प्रकाशचन्द्र परियारले जानकारी दिए।
केन्द्रीय समिति बैठकले महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमितिहरू गठन गरेको छ।
बैठकले २६ जेठमा वाग्मती प्रदेश, २७ गते कोसी, २८ गते मधेस, २० गते गण्डकी, ३० गते लुम्बिनी, ३१ गते कर्णाली र असार १ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन गर्ने निर्णय गरेको छ।

Comment