प्रधानमन्त्रीको लगातार अनुपस्थितिप्रति सांसद निस्कल राईको आपत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सांसद निस्कल राई ले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिप्रति कडा आपत्ति जनाएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले संसदमा प्रधानमन्त्रीको उपस्थिति आवश्यक रहेको बारम्बार उठे पनि अवस्था परिवर्तन नभएको बताए । उनले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहे पनि प्रधानमन्त्री सदनमा उपस्थित नभएको टिप्पणी गरे ।

उनले भने, “सांसदहरूले सदनमा प्रधानमन्त्रीको उपस्थिति खोज्नु भयो । आज पनि अवस्था उस्तै छ । सदनमा प्रधानमन्त्रीको उपस्थिति छैन । आफैंले बनाएको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची आज देखिएको छ, तर सदनले प्रधानमन्त्रीलाई देखेन ।”

सांसद निस्कल राई ले संसदको गरिमा र प्रतिष्ठा जोगाउने मुख्य जिम्मेवारी सभामुखको भएको उल्लेख गर्दै सदनको सम्मान कायम राख्न नेतृत्वले प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखे ।

उनले भने, “सभाको गरिमा बढाउने र इज्जत जोगाउने जिम्मेवारी सभामुखको हो । सभामुखले सभाको इज्जत राख्न सक्नु भएन भने कसैले पनि सभाको गरिमा बढाउन सक्दैनन् ।”

राईले सभामुखमार्फत तत्काल प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन समेत आग्रह गरेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।