काठमाडौँ। बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठक विभिन्न निर्णय गरेको छ।
सूचना, सञ्चार एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्ले गरेका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन्।
– नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गर्ने ।
– विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने ।
– सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य माननीय सुशील खड्का, बागलुङ र माननीय योगेश गौचन थकाली, मुस्ताङलाई मनोनयन गर्ने
– भूमि सम्बन्धी (एक्काईसाैँ संशोधन) नियमहरू, २०८३ स्वीकृत गर्ने ।

Comment