सुनको मूल्यमा गिरावट, चाँदीको बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँले घटेर दुई लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलामा दुई लाख ९८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले बढेर पाँच हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा पाँच हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।