काठमाडौँ । गायिका वर्षा इटनीले फिल्ममा डेब्यु गर्ने भएकी छिन्। उनले विराज भट्टको फिल्म ‘१२ गाउँ-२’ साइन गरेकी हुन्।
निर्देशक विराज भट्टले वर्षा अनुबन्धित भएकोबारे फेसबुकमार्फत जानकारी दिएकी हुन्।
‘नवनायिकाको रूपमा वर्षा इटनीलाई ‘१२ गाउँ २’ मा हार्दिक स्वागत छ। जय नेपाल। जय नेपाली सिनेमा,’ उनले लेखेका छन्।
गायिका वर्षा ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ की टप १२ प्रतिस्पर्धी हुन्।
यसअघि यसै फिल्ममा कृशु शाही ‘काफिया’ ले पनि डेब्यु गर्ने पक्का भइसकेको छ। वर्षा र काफियासहित फिल्ममा समीर भट्ट र अनुप विक्रम शाही पनि मुख्य भूमिका हुनेछ।

Comment