मनोहरा क्षेत्रका ८१० घरटहरा भत्काइए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर। भक्तपुर र काठमाडौँको सीमा क्षेत्रमा पर्ने मनोहरा सुकुम्बासी क्षेत्रका सम्पूर्ण संरचना भत्काउने काम पूरा भएको छ।

मध्यपुर थिमि नगरपालिका १‚ लोकन्थली जडीबुटीस्थित मनोहरा खोला किनारामा बसोबास गर्दै आएका सुकुम्बासी बस्तीका ८१० घरटहरा भत्काइसकिएको भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।

यहाँका संरचना भत्काउन आज (सोमबार) २४ वटा स्काभेटर प्रयोग गरिएका थिए। त्यस क्रममा एक सामुदायिक विद्यालयसहित मनोहरा सुकुम्बासी बस्तीका सम्पूर्ण संरचना भत्काइएको हो। शनिबार साँझ संरचना हटाउन खोज्दा सो क्षेत्रमा ढुंगामुढा भएको थियो।

सुकुम्बासीसँगको झडपमा प्रहरी वृत्त थिमी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुंगानासहित २२ सुरक्षाकर्मी घाइते भएका थिए। आइतबार बिहान करिब दुई हजारको सङ्ख्यामा सुरक्षाकर्मी पुग्दा करिब ८० प्रतिशतले आफैँ बस्ती छाडेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।