सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा २ हजार ७०० रुपैयाँले र चाँदी तोलामा ५० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदी प्रतितोला ४ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ७०८.६९ अमेरिकी डलर र चाँदी ७५.६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।