प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न-‘अब सरकारको काम संक्रमितको संख्या गन्ने मात्र हो ?’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क नगर्ने निर्णय गरेपछि सर्वत्र आलोचना भइरहेको छ । अस्पतालमा भर्ना भएका संक्रमितको निःशुल्क उपचार गर्दै आएको सरकारले अबदेखि त्यो दायित्व वहन नगर्ने निर्णय गरेको हो ।

उपचारका लागि बेडसमेत नपाएर भौतारिनुपर्ने अवस्था आएका बेला सरकारले गरेको यस्तो निर्णयबाट संक्रमित थप प्रताडित हुने धेरैको चिन्ता छ । यहिबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले उक्त निर्णयको विरोध गरेका छन् ।

थापाले कडा टिप्पणी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले संख्या गन्ने बाहेक अन्य काम गर्न नसक्ने घोषणा गर्न भन्दै व्यंग्य गरेका छन् । उनले भनेका छन्-

सामाजिक संजालमा टिप्पणी गर्दै नेता थापाले भनेका छन् – ‘स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णय ‘कोरोना संक्रमितले आफ्नो उपचार आफैं गर्नु !’ यसरी हरेकदिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा प्रधानमन्त्री केपी शर्मा ओली बरु सिधै भनिदिनुस् ‘सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेकोले अब उपरान्त संक्रमितको संख्या गन्ने बाहेक थप केही नगर्ने जानकारी गराइन्छ ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।