काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १२ जनाको मृत्यु भएको छ।
योसहित आइतबारसम्म देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या सात सय ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
त्यस्तै, आइतबार देशभर २९ सय ४१ संक्रमित थपिएका छन् भने, २३ सय २६ जना संक्रमणमुक्त भएका छन्।
साथै, सक्रिय संक्रमितको संख्या ३९ हजार तीन सय ४१ पुगेको छ।

Comment