डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी । म्याग्दीमा निर्माणाधीन १३२ केभी डाँडाखेत–राहुघाट प्रसारण लाइनका टावर निर्माण भएका जग्गाधनीहरूलाई हालसम्म तीन करोड २९ लाख रुपैयाँभन्दा बढी मुआब्जा वितरण भएको छ। आयोजनाका प्रशासकीय अधिकृत मातृका तिमिल्सिनाले गरिब, महिला प्रमुख घरपरिवार, दलित/जनजाति र अशक्तका लागि थप १ लाख ३४ हजार रुपैयाँ वितरण भइसकेको जानकारी दिइन्।

२५ किलोमिटर लामो प्रसारण लाइनका ८२ टावरमध्ये ४० वन क्षेत्र र ४२ व्यक्तिगत जग्गामा रहेको छ। तारमुनि पर्ने जग्गाधनीलाई पनि क्षतिपूर्ति दिने प्रक्रिया अगाडि बढाइएको छ। आयोजनाले प्रभावित क्षेत्रका १८ विद्यालय, मठमन्दिर, आमा समूह र सामुदायिक वनका लागि शैक्षिक सामग्री, निर्माण सामग्री र तालिम प्रदान गरेको छ।

हालसम्म भौतिक प्रगति ७८ प्रतिशत पुगेको छ। डाँडाखेत–राहुघाट प्रसारण लाइनका ८२ मध्ये ७१ टावर खडा भइसकेका छन्। डाँडाखेत सबस्टेशनमा ९५%, प्रसारण लाइनमा ७०% र राहुघाट सबस्टेशनमा ६५% प्रगति भइसकेको छ।

कुल लागत रु ४ अर्ब ८८ करोड अनुमान गरिएको यस आयोजनामा विद्युत् प्राधिकरण र एसियाली विकास बैंकले क्रमशः रु १ अर्ब ५ करोड र ३ अर्ब ८२ करोड ऋण लगानी गरेका छन्। आयोजनाले म्याग्दीका चार जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रीय प्रणालीमा जोड्ने लक्ष्य राखेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।