दुई दिनमा सुनको मूल्य प्रतितोला १९ हजार र चाँदीको मूल्य ४७० रुपैयाँले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली बजारमा पछिल्ला केही दिनयता सुनचाँदीको मूल्य दैनिकजसो घटिरहेको छ। पश्चिम एसियामा उत्पन्न भूराजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको हो।

आज सोमबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेर २ लाख ७५ हजार ५ सय रुपैयाँमा झरेको छ।

हिजो आइतबार सुन प्रतितोला १२ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो। आइतबार र सोमबार गरी पछिल्ला दुई दिनमा सुनको मूल्य प्रतितोला १९ हजार रुपैयाँले घटेको छ।
यसैगरी आज सोमबार चाँदीको मूल्य प्रतितोला १ सय १५ रुपैयाँले घटेर ४ हजार ४ सय २५ रुपैयाँमा झरेको छ।

हिजो आइतबार चाँदी प्रतितोला ३ सय ५५ रुपैयाँले घटेर ४ हजार ५ सय ४० रुपैयाँमा कारोबार भएको थियो। आइतबार र सोमबार गरी पछिल्ला दुई दिनमा चाँदीको मूल्य प्रतितोला ४ सय ७० रुपैयाँले घटेको छ।

सुन नेपाली बजारमा गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदी गत माघ १५ गते नै हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।