आज सुनको मूल्य तोलामा ४८ सयले घट्यो, कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शुक्रवारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा चार हजार ८०० र चाँदीको मोल २२५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख नौ हजार ४०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार २७० रुपैयाँ निर्धारण भएको छ ।

गत शुक्रवार एक तोला सुन तीन लाख १४ हजार २०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ४९५ रुपैयाँमा कारोबार भएको थियो ।

बिहीवार छापावाल सुन प्रतितोला तीन लाख १७ हजार र चाँदी पाँच हजार ५१५ रुपैयाँमा कारोबार भएको थियो । गत बुधवार तीन लाख १९ हजारमा एक तोला सुन खरिदबिक्री भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार ७२० रुपैयाँ निर्धारण भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २३ र त्यति नै परिमाणको सेतो धातु ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।