शान्ति सेनाको फोर्स कमान्डरमा उपरथी हमाल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाका उपरथी ईश्वर हमाल फोर्स कमाण्डरमा नियुक्त भएका छन् । 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस्ले उपरथी हमाललाई सोमबार फोर्स कमाण्डरमा नियुक्त गरेका हुन् ।

अमेरिकाबाट नेशनल डिफेन्स कोर्स गरेका हमाल  राष्ट्रसंघीय शान्ति मिसनमा उच्च तहमा जिम्मेवारी पाउंने छैटौं सैनिक अधिकारी   हुन् । सन् १९८३ मा आर्टिलरी अधिकृतका रुपमा नेपाली सेनाका प्रवेश गरेका उपरथी हमाल हाल नेपाली सेनाको आर्मी कमान्ड तथा स्टाफ कलेजमा शिक्षाधिकृत तथा नेपाली सेनाले सञ्चालन गर्ने तयारी गरेको ‘नेसनल डिफेन्स युनिभर्सिटी’ प्रमुखको रूपमा कार्यरत छन्  । उनले सेनामा रहंदा युद्धकार्य महानिर्देनालयको निर्देशक, सैनिक सचिव र पृतनापतिको रुपमा मध्य पृतनामा जिम्मेवारी सम्हालेका  थिए ।

लेबनान, युगोलास्भिया, आइभरिकोेस्टमा राष्ट्रसंघको प्रतिनिधिका रूपमा काम गरिसकेका उनले नेसनल डिफेन्स युनिभर्सिटी अमेरिकाबाट वार कलेज र प्रतिआतंकवादसम्बन्धी फेलोसिपसमेत प्राप्त गरेका छन् । हमाल राष्ट्रसंघीय शान्ति मिसनमा उच्च तहमा जिम्मेवारी पाउंने छैटौं सैनिक अधिकारी हुन् ।

हमालले मध्यपूर्वको गोलानहाइटस्थित संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको नेतृत्व गर्नेछन् । उक्त क्षेत्रमा नेपाललगायत झण्डै ४० देशका सैनिकहरु कार्यरत रहेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।