बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ को प्रतिनिधि सभा निर्वाचन दल र नेताले भन्दा देशले जित्ने चुनाव भएको बताएका छन् । ‘जनसम्पर्क’ नाम दिइएको कार्यक्रमका लागि रूपन्देही क्षेत्र नम्बर १ को देवदह खैरेनीमा आएका लामिछानेले यस्तो बताएका हुन् ।
‘दल र नेताले धेरैपटक जिते । हरेक निर्वाचनमा दलले जित्दै आएका छन् । तर फागुन २१ मा हुने यो चुनाव देशले जित्ने चुनाव हो,’ लामिछानेले भने ।
रास्वपामा बालेन्द्र शाह (बालेन)को टिम समाहित भएको प्रसंग उल्लेख गर्दै उनले पार्टीमा पदको होइन, जिम्मेवारीको बाँडफाँट भएको लामिछानेले बताए । ‘हामीले पद बाडेका छैनौं, जिम्मेवारी विभाजन गरिएको छ,’ उनले पुरानै भनाइ दोहोर्याए ।
अबको पाँच वर्ष एउटै सभापति, एउटै प्रधानमन्त्री र एउटै सरकार हुने उनले बताए ।

Comment