केवाईसी अद्यावधिक नगरिएका खाता तथा कार्ड बन्द गर्ने तयारीमा लक्ष्मी सनराइज बैंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्ना ग्राहकहरूलाई बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकले आफ्ना ग्राहकलाई बैंक खाता अद्यावधिक गर्न आग्रह गर्दै अन्यथा सेवा रोक्का हुन सक्ने चेतावनी दिएको हो ।

बैंकले एक सूचना जारी गर्दै हालसम्म ग्राहक पहिचान फारम (केवाइसी) अद्यावधिक नगरेका ग्राहकहरूलाई अद्यावधिक गर्न र गरेकाहरुलाई यथाशीघ्र आफ्नो विवरण अपडेट गर्न आग्रह गरेको हो । खाता अद्यावधिक नगर्ने ग्राहकहरूको भने सेवा रोक्का हुने सक्ने बैंकले जनाएको छ ।

ग्राहकले आफ्नो विवरण अपडेट या अद्यावधिक गर्न कुनै पनि शाखा कार्यालयमा गएर वा बैंकको मोबाइल एप मार्फत सहजै गर्न सक्नेछन् ।

सूचनामा उल्लेख भए अनुसार, कुनै पनि प्राकृतिक व्यक्तिले स्वदेशी मुद्रामा एकै प्रकृतिका एकभन्दा बढी बैंक खाता वा एकभन्दा बढी डेबिट÷क्रेडिट कार्ड प्रयोग गरिरहेको भए एउटा मात्र खाता र कार्ड प्रयोग गर्न आग्रह गरेको छ ।

विवरण अद्यावधिक नगरेको खण्डमा बैंकले त्यस्ता खाताहरू रोक्का गर्ने र कार्डहरू स्वतः बन्द हुन सक्ने जानकारी दिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।