उम्मेदवारी दिएका अधिकांश स्थानमा हामी जित निकाल्नेछौँ : कुलमान घिसिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीले उम्मेदवारी दिएका अधिकांश निर्वाचन क्षेत्रमा जित निकाल्ने दाबी गरेका छन्।

सिमरा पुगेका घिसिङले काठमाडौं आसपासका क्षेत्रमा आफ्ना उम्मेदवार विजयी हुने र अन्य स्थानमा पनि पार्टी कडा प्रतिस्पर्धामा रहने जिकिर गरे।

उनले भने, ‘हामीले १२१ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएका छौँ। धेरै स्थानमा जित हासिल गर्छौँ, नजितेको ठाउँमा पनि मजबुत प्रतिस्पर्धा गर्छौँ।’

अध्यक्ष घिसिङले जेनजी आन्दोलनका माग र जनताको चाहनाअनुसार सबै त्याग गरेर रास्वपासँग सहमति गरेको भए पनि त्यसको कार्यान्वयन हुन नसकेको स्मरण गराए।

झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहको जितको सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने, ‘त्यहाँ हाम्रो पनि उम्मेदवारी छ। अब निर्णय जनताकै हातमा छ। जनताले जे निर्णय गर्छन्, त्यही हुनेछ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।