धनुषा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू निवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा रहेको बताएका छन्। शुक्रबार धनुषामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीभित्र आपसी दोषारोपण वा रिसरागको अवस्था नरहेको स्पष्ट पारे।
सभापति थापाले पार्टी एकतामा प्रतिबद्ध रहेको उल्लेख गर्दै भने, “पार्टीभित्र कसैमाथि दोष र रिसराग छैन। म पार्टीका निवर्तमान सभापति, आदरणीय शेरबहादुर देउवासँग निरन्तर संवादमा छु।”
उनले देउवासँग मात्र नभई पार्टीका अन्य शीर्ष नेताहरूसँग पनि नियमित संवाद भइरहेको दाबी गरे। विचार र दृष्टिकोणमा कतिपय विषयमा मतभेद भए पनि अन्ततः सबै एकताबद्ध भएर अघि बढ्ने थापाको भनाइ थियो।
“हामीबीच केही कुरामा मतभेद हुन्छ, तर अन्त्यमा एक ढिक्का हुन्छौँ,” उनले भने, “अहिलेको चुनावमा नेपाली कांग्रेसका सबै नेता एकताबद्ध छन्।”
सभापति थापाले पार्टीको एकता र सामूहिक प्रयासकै बलमा चुनावी प्रतिस्पर्धामा सफल हुने विश्वास व्यक्त गरे।

Comment