खैरो हेरोइनसहित नागढुंगाबाट एक युवती पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले खैरो हिरोइनसहित युवतीलाई पक्राउ गरेको छ।

नागढुंगाबाट खटिएको प्रहरी टोलीले काँकडभित्ताबाट काठमाडौं आउँदै गरेको ना ७ ख ५७०२ नम्बरको बसमा खैरो हिरोइन  सहित एक जना युवतीलाई प्रहरीले  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा, शिव सतासी नगरपालिका–११ बस्ने २३ वर्षीया वीना डाँगी रहेको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले ४.२६ ग्राम अवैध लागूऔषध खैरो हिरोइन बरामद गरेको छ ।

पक्राउ परेकी डाँगीलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार आवश्यक अनुसन्धान तथा कारवाही गरिने प्रहरीले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।