काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२६ का लागि नेपाली क्रिकेट टोलीको प्रारम्भिक चरणको प्रशिक्षण क्याम्प सोमबार सुरु भएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बोलाइएको थियो। नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट प्रदर्शन गरेका विनोद भण्डारी र शेर मल्ललाई पनि आइसिसी टी–२० विश्वकप तयारीको क्याम्पमा सामेल गरिएको छ।
विश्वकप फेब्रुअरी र मार्चमा भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्दै छ। नेपाल रहेको टोलीमा समान दुई पटकको विजेता इङ्ग्ल्यान्ड र वेस्ट इन्डिजसँगै बङ्गलादेश र इटाली छन्।
बन्द शिविरमा बोलाइएका खेलाडी
रोहित पौडेल, कुशल भुर्तेल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, नन्दन यादव, सन्दीप लामिछाने, आरिफ सेख, आदिल अन्सारी, शेर मल्ल, भीम सार्की, विनोद भण्डारी, अविनाश बोहोरा, आसिफ सेख, कुशल मल्ल, गुल्सनकुमार झा, सोमपाल कामी, ललित राजवंशी, लोकेश बम, करण केसी, साहब आलम, ईशान पाण्डे,
बसिर अहमद, प्रतिश जिसी र रूपेशकुमार सिंह।

Comment