फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेशका लागि फेरि सुदूपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्ने भएका छन्।

लिगको अन्तिम खेलमा विराटनगरले सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै नेट रनरेटका आधारमा दोस्रो स्थानमा उक्लियो। १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमै पूरा गर्‍यो, जसमा फाप डुप्लेसिस (१९ बलमा ५०) र साम हेजलेट (२७ बलमा ५१) ले धुवाँधार प्रदर्शन गरे।

कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए र सिजनकै सर्वाधिक १५ विकेटका साथ शीर्षस्थानमा रहे। समान १० अंक भए पनि काठमान्डु गोर्खाज नेट रनरेट कमजोर हुँदा तेस्रो स्थानमा झर्‍यो। अब पहिलो क्वालिफायरमा विराटनगर र सुदूरपश्चिम भिड्नेछन् भने इलिमिनेटरमा काठमान्डु र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्नेछन्।

पृथक खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजलाई ८ विकेटले पराजित गर्दै सिजन पाँचौँ स्थानमा समाप्त गर्‍यो। चितवनले १२० रनको सामान्य चुनौती दिएको खेलमा एडम रोसिङ्टन (६५) र अर्जुन कुमाल (४३) को अविजित साझेदारीले पोखरालाई सहज जित दिलायो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।