काठमाडौं । पहिलो त्रैमासिक मौद्रिक समीक्षाबाट राष्ट्र बैंकले लघुवित्तहरुबाट पाइने धितोको सीमा बढाएको छ।
यसअघि ७ लाखसम्म लिन पाइने व्यवस्थामा लचिलो बन्दै राष्ट्र बैंकले अब १५ लाख रुपैयाँसम्म लिन पाउने बनाएको हो।
लघुवित्त वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका ऋणीहरुको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राखी कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था मिलाइनेछ।
यस्तै नेपाल राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट (अधिविकर्ष) कर्जाको सीमा बढाएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दै व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढाउने भएको हो ।
व्यक्तिगत ओभरड्राफ्टको सीमा ५० लाख रुपैयाँसम्म रहेकोमा त्यसलाई बढाएर १ करोड रुपैयाँ बनाउने मौद्रिक नीति समीक्षामा उल्लेख छ । यस्तै लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा पनि बढाइएको छ । हाल ७ लाख रुपैयाँसम्म रहेको यस्तो सीमा वृद्धि गरी १५ लाख रुपैयाँ पुर्याउने भएको हो ।

Comment