काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्।
बैंकहरूले प्रकाशित गरेकाे सूचना अनुसार २० मध्ये १२ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ७ बैंकहरुले स्थिर राखेका छन् ।
ब्याजदर घटाउनेमा एनआईसी एशिया, सिद्धार्थ, हिमालयन, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, सिटिजन्स, नबिल, नेपाल एसबिआई, सानिमा र कुमारी बैंक रहेका छन् ।
यता एनएमबि, नेपाल बैंक, एभरेस्ट, ग्लोबल आइएमई, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक र लक्ष्मी सनराइजले भने कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
कात्तिक र मंसिर दुवै महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशत नै छ। तर, कात्तिकमा औंसत ब्याजदर ५.२ प्रतिशत रहेकोमा मंसिरमा यस्तो औंसत ब्याजदर ५.०४ प्रतिशत छ।
अहिले सबैभन्दा धेरै ब्याज ग्लाबल आइएमइ बैंकबाट पाइने भएको छ। यो बैंकले ६ प्रतिशत दिने भएको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट सबैभन्दा कम ४.७ प्रतिशत मात्रै ब्याजदर पाइने भएको हो।

Comment