जेनजी आन्दोलनपछि होटल हायात रिजेन्सी बन्द, सबै कर्मचारी बर्खास्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि बन्द रहेको पाँचतारे हयात रिजेन्सी होटलले मर्मतका कारण सबै कर्मचारीलाई बिदा दिएको छ।

होटलका महाप्रबन्धक आशीष कुमारले मानव संसाधन विभागलाई पठाएको पत्रमा मर्मतका अवधिभर होटल सञ्चालन असम्भव भएकाले आगामी मंसिर २२ गतेदेखि लागू हुने गरी सबै १३३ कर्मचारीलाई बिदा दिने निर्णय गरिएको उल्लेख छ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आपराधिक समूहले होटलभित्र तोडफोड, लुटपाट र आगजनी गरेका थिए। घटनामा एक विदेशी पाहुनाको ज्यान गएको र अन्य अतिथिहरूको सामान समेत लुटिएको थियो। यसले होटलको अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर पारेको होटलले जनाएको छ।

कोभिड–१९ महामारीपछि आर्थिक रूपमा पुनः उठ्न संघर्षरत हयात रिजेन्सीले यस घटनाबाट करोडौंको क्षति व्यहोरेको र मर्मत अवधिभर आम्दानी नहुने भएकाले सम्पूर्ण कर्मचारी कटौती गर्न बाध्य भएको व्यवस्थापनले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।