सिटिजन्स बैंकको नाफा ऋणात्मक, कस्ता छन् अन्य सूचक ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सिटिजन्स बैंकको मुनाफा २२ करोड ४ लाख ११ हजार रुपैयाँ ऋणात्मक बनेकाे छ ।

गत आर्थिक वर्षको सोहि अवधिमा १९ करोड ८२ लाख रूपैयाँ खुद नाफा कमाएकाे बैंक २११.२० प्रतिशतले घटेर ऋणात्मक बनेकाे छ ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस्तो देखिएको हो ।

यस्तै बैंंकको सञ्चालन नाफा ३७ करोड १८ लाख ५४ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त नाफा २८ करोड २९ लाख ७१ हजार रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्मको अवधिका बैंकको खुद ब्याज आम्दानी भने ११.२४ प्रतिशतले बढेर १ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको सोहि अवधिका उक्त आम्दानी १ अर्ब ४९ करोड ७८ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा बैंकको वितरणयोग्य नाफा ४१ करोड ४७ लाख ७८ हजार रुपैयाँ ऋणात्मक रहेको छ भने बैंकको खराब कर्जा ५.४१ प्रतिशतबाट बढेर ६.८४ प्रतिशत पुगेको छ ।

यता, बैंकको प्रतिशेयर आम्दानी ५.९७ रुपैयाँ ऋणात्मक र प्रतिशेयर नेटवर्थ १५३.३० रुपैयाँ रहेको छ ।

असाेज मसान्त सम्मा बैंकको चुक्तापूँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४१ करोड ४७ लाख रुपैयाँ ऋणात्मक छ भने रिजर्भ कोषमा ८ अर्ब २८ करोड रुपैयाँ सञ्चिति रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।