काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष अर्थात् आव २०८२/८३ को पहिलो त्रैमासमा ४१ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आवको सोही अवधिको तुलनामा ९ करोड कम नाफा गरेको हो । माछापुच्छ्रेले आव २०८१/८२ को पहिलो ३ महिनामा ५० करोड ३३ लाख रुपैयाँ नाफा गरेको थियो ।
खुद ब्याज आम्दानीमा थोरै गिरावट र खुद फि एन्ड कमिसन वृद्धि भएपनि ४६ करोड रूपैयाँ नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपरेपछि बैंकको नाफामा गिरावट आएको हो ।
बैंकले ३ महिनामा १ अर्ब ४५ करोड ८९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्दा र ४५ करोड ८५ लाख खुद फि एन्ड कमिसन आम्दानी गरेको छ । यसैगरी ४६ करोड ९ लाख रूपैयाँ प्रोभिजन गरेको छ जबकि गत आवको यही अवधिमा ४ करोड ३४ लाख रूपैयाँ इन्पेयरमेन्ट चार्ज रिभर्स गरेको थियो ।
नाफा घट्दा माछापुच्छ्रेको ईपीएस पनि १६.६६ रुपैयाँबाट घटेर १३.८३ रुपैयाँ पुगेको छ ।
असोज मसान्तसम्म बैंकको निष्क्रिय कर्जा ४.१३ प्रतिशत छ जुन गत आवको असोज मसान्तको ३.१५ तुलनामा बढेको हो । यता खुद निष्क्रिय कर्जा भने १.२३ प्रतिशत मात्र छ ।
बैंकले हालसम्म १ खर्ब ९३ अर्ब ५४ करोड रुपैयाँ निक्षेप परिचालन गरी १ खर्ब ४८ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । ३ महिनामा बैंकको निक्षेप ९ अर्बले बढ्दा कर्जा ७ अर्बले विस्तार भएको छ । बैंकको निक्षेप कर्जा अनुपात ७४.४४ प्रतिशत छ ।
असोज मसान्तको तथ्यअनुसार बैंकको प्रतिसेयर नेटवर्थ १५४.६ रुपैयाँ, आरओई ८.८९ प्रतिशत, स्प्रेड दर ३.६५ प्रतिशत र पीई रेसियो १५.१४ छ ।
यस अवधिमा बैंकको बक्यौता ब्याज र गैरबैंकिङ सम्पत्ति दुबै बढ्दा ३ महिनाको नाफाबाट सेयरधनीलाई बाँड्न मिल्ने रकम ऋणात्मक छ ।

Comment