नबिल बैंकको नाफा घट्यो, लाभांश क्षमता कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नबिल बैंकको नाफा घटेको छ।

बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक (साउनदेखि असोज) वित्तीय विवरण अनुसार नाफा घटेको देखिएको हो।

बैंकले चालु आर्थिक वर्षको यो अवधिमा १ अर्ब ७५ करोड रूपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको यही अवधिमा बैंकको खुद नाफा २ अर्ब ५ करोड रूपैयाँ थियो।
यो नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १४.५७ प्रतिशत कम हो।

खुद ब्याज आम्दानी घट्दा र कर्जा प्रावधान बढ्दा नाफामा असर परेको हो।

बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ९० करोड रूपैयाँ छ। गत आर्थिक वर्षको यही अवधिमा यस्तो नाफा ४ अर्ब १४ करोड रूपैयाँ थियो । खुद ब्याज आम्दानी ५.७ प्रतिशतले घटेको हो।

त्यस्तै यसअघि ४५ करोड ७७ लाख रूपैयाँ कर्जा प्रावधान रहेकोमा हाल ६४ करोड ७२ लाख रूपैयाँ छ।

बैंकको निष्क्रिय कर्जामा समेत सामान्य वृद्धि भएको छ। बैंकको कुल निष्क्रिय कर्जा ४.२४ प्रतिशतबाट बढेर ४.३१ प्रतिशत छ।

बैंकले कर्जाको नउठेको ब्याज बापत २६ करोड बराबर रकम नियामकीय प्रावधानमा राखेको छ। यस्तो नउठेको ब्याजको ६३ प्रतिशत प्रावधानमा राख्नुपर्छ।

बैंकको वार्षिक प्रतिसेयर आम्दानी २९ रुपैयाँ ८३ पैसाबाट घटेर २५ रूपैयाँ ४९ पैसामा सीमित भएको छ।

Ncell
यो अवधिमा बैंकको कुल वितरणयोग्य नाफा पाँच अर्ब ६३ करोड रूपैयाँ छ। बैंकले अघिल्लो पटकको नाफाबाट लाभांश वितरण गर्न बाँकी रहेकोले यस्तो क्षमता उच्च देखिएको हो।

प्रतिसेयर वितरणयोग्य नाफा ३०.१५ प्रतिशत देखिएको छ। यसअघि कै चार अर्ब रूपैयाँ वितरण गर्न बाँकी रहेको वित्तीय विवरणबाट देखिन्छ।

त्रैमासमा भने ८६ करोड मात्रै वितरण योग्य नाफा छ। अहिलेको चुक्ता पुँजीको आधारमा लाभांश क्षमता ३.१७ प्रतिशत छ।

गत वर्षको सबै नाफाबाट लाभांश बाड्यो र यही दरमा नाफा कमायो भने बैंकले आगामी वर्ष १२.७१ प्रतिशत लाभांश बाड्न सक्ने क्षमता देखिनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।