सिटिजन्स बैंकको साधारणसभा मंसिर १२ गते, लाभांश प्रस्ताव पारित हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले १९ औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकको साधारणसभा मंसिर १२ गते अनुपम फुडल्यान्डमा बिहान ११ बजे सुरु हुनेछ ।

सभाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ । साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि राखिएको छ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ गत कात्तिक १७ गते बुकक्लोज गरिसकेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।