खुम्बुमा असोजमै हिमपात, स्थानीय भन्छन्ः असामान्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु । सगरमाथा क्षेत्रको खुम्बुमा असोजमै हिमपात भएपछि जनजीवन, व्यवसाय र पर्यटन प्रभावित भएका छन्। सामान्यतया मङ्सिरपछि मात्र हिमपात हुने यो क्षेत्रमा गत आइतबारदेखि लगातारको वर्षापछि नाम्चेभन्दा माथिल्लो क्षेत्र सेताम्य भएको हो।

हिउँको भारले दिङ्बोचेका पाँच होटल भासिएका छन् भने निर्माणाधीन जलविद्युत् आयोजना रोकिएको छ। जलवायु परिवर्तनकै संकेतका रूपमा असोजमै हिमपात भएको स्थानीय र विज्ञहरूले बताएका छन्।

यस्तै, मेरापिक हिमाल आरोहणका क्रममा कोरियाली नागरिक टेजुुन पार्कको मृत्यु भएको छ। अत्यधिक चिसो र अक्सिजन अभावका कारण ज्यान गएको अनुमान गरिएको छ।

यसैबीच, हिमपात र विपद्‌का घटनाबीच पनि सोलुखुम्बुमा दसैं शान्तिपूर्वक सम्पन्न भएको छ। तर स्थानीय केही ठाउँमा पहिरो र मादक पदार्थ सेवनजन्य घटना भएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।