प्राकृतिक विपद् नरहेका जिल्लामा आजबाट सेवा प्रवाह सुरु गर्न गृह मन्त्रालयको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गृह मन्त्रालयले विपद् जोखिम र प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूमा सोमबार (असोज २०) देखि सार्वजनिक सेवा प्रवाह सुरु गर्न सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।

भारी वर्षा र बाढीको सम्भावनालाई ध्यानमा राख्दै मन्त्रालयले शनिबार दुई दिन (शनिबार र आइतबार) का लागि सार्वजनिक सेवा बन्द गर्ने निर्णय गरेको थियो। तर, मौसममा सुधार आएपछि आइतबार मन्त्रालयले सेवा पुनः सञ्चालन गर्न सकिने अवस्था भएको भन्दै सबै प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन पठाएको हो।

गृह मन्त्रालयको निर्देशनपछि धेरै जिल्लाहरूका प्रशासन कार्यालयहरूले सोमबारदेखि नियमित सेवा सञ्चालन गर्न स्थानीय आदेश जारी गरेका छन्।

विपद् जोखिममा नरहेका जिल्लाहरूमा सामान्य प्रशासन, नागरिकता, सिफारिस, राहदानी, नवीकरण लगायतका सेवा सोमबारबाट पुनः सुचारु हुनेछन्। मन्त्रालयले आवश्यक सतर्कता अपनाउँदै सेवा दिन निर्देशन दिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।