काठमाडौं । भक्तपुर र काभ्रेको सिमाना साँगामा पहिरो खसेको छ।
पहिरोको कारण सडक अवरुद्ध भएको छ । भक्तपुर र काभ्रेको सिमाना नजिकै रहेको झोलुंगेपुल छेउ सुर्यमोडमा ढुंगा र लेदो सहितको पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल धाँजुले जानकारी दिए ।
पहिरो खस्दा उक्त स्थानमा एक तर्फी रुपमा राजमार्ग सञ्चालनमा रहेको उनको भनाइ छ ।
सूर्यविनायक–धुलिखेल खण्ड निर्माणाधीन अवस्थामा छ ।

Comment