काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (सोमबार) छापावाल सुन प्रतितोला रू २,१७,८०० मा खरिद बिक्री भइरहेको छ।
अघिल्लो कारोबार दिन (आइतबार) सुनको मूल्य प्रतितोला रू २,१७,१०० रहेको थियो। आजको दर अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँले बढेको हो।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी रू २,६५० प्रति तोला मा कारोबार भइरहेको छ।
सुनको मूल्य वृद्धिको कारण अन्तरराष्ट्रिय बजारमै सुनको दर उच्च भएको बताइएको छ। आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रत्याउन्स ३,६९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ, जुन यो वर्षकै उच्च मूल्यमा पर्छ।
विशेषज्ञहरूका अनुसार अमेरिका, चीन लगायतका मुलुकहरूमा बढ्दो आर्थिक अनिश्चितता, मुद्रास्फीति र ब्याजदरको हेरफेरले अन्तरराष्ट्रिय बजारमा सुनको माग उच्च भएको हो, जसको सिधा प्रभाव नेपाली बजारमा पनि परेको हो।
Comment