भाटभटेनीले कर्मचारीलाई जागिरबाट ननिकाल्ने, सबैलाई दशैं भत्ता पनि दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जेनजी आन्दोलन र त्यसपछिको तोडफोड, लुटपाट तथा आगजनीबाट सबैभन्दा बढी प्रभावित भाटभटेनीले आफ्ना कर्मचारीलाई जागिरबाट ननिकाल्ने निर्णय गरेको छ। देशभरका १२ वटा भाटभटेनी स्टोर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने कम्पनीलाई १० देखि १५ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको अनुमान छ।

तर, भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङले भने, ‘मसँग आबद्ध भाइबहिनीहरूको भविष्यका लागि लड्नुपर्ने छ। काम गर्न नपाए पनि उहाँहरूको तलब दिन्छु। भदौको तलब मात्र होइन, दशैं भत्ता समेत उपलब्ध गराउनेछौं।’ उनले आफ्नो कर्मचारीहरूलाई परिवारका सदस्यको रूपमा समेत हेरेर यो निर्णय गरेको बताए।

गुरुङले थपे, ‘म स्वयं दशैं मनाउने पक्षमा छैन, तर मेरा बच्चाहरू जसले मसँग काम गर्छन्, उनीहरूले दशैं मनाउन पाउनुपर्छ र दशैं भत्ता पाउनु पर्ने पनि हो।’

यस निर्णयले आन्दोलनपछि उत्पन्न आर्थिक चुनौतीका बाबजुद कर्मचारीप्रति भाटभटेनीको सहानुभूति र सद्भाव दर्शाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।