प्रधानमन्त्री कार्की मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गरी सरकारलाई पूर्णता दिने तयारी गरेको सरकारी स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारका लागि आवश्यक नामहरूमा सहमति नजिक पुगेको छ र आइतबार वा सोमबारसम्म निर्णय सार्वजनिक हुने देखिन्छ।

जेन-जी आन्दोलनका प्रतिनिधिहरूले आफ्नो तर्फबाट मन्त्री पदका लागि प्रस्तावित नामहरू सरकारलाई पठाइसकेका छन् भने अन्तिम निर्णय प्रधानमन्त्रीकै हातमा रहेको स्रोतले जनाएको छ। प्रधानमन्त्रीको सचिवालयले पनि समावेशी तथा जेन-जीको प्रतिनिधिमूलक सरकारले पूर्णता पाउने विश्वास व्यक्त गरेको छ।

गत शुक्रबार मात्रै कार्कीले तीन मन्त्री—रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल—लाई मन्त्रिपरिषद् थप गरेकी थिइन्। तर, जेन-जी समूहसँगको सहमति नसकिँदा मन्त्री परिषद् विस्तारमा ढिलाइ भएको थियो। मन्त्रिपरिषद् पूर्ण नभएकाले सरकारले अहिले महत्वपूर्ण निर्णयहरू अघि बढाउन कठिनाइ भोगिरहेको छ।

सरकारलाई समावेशी र जनसम्पर्कयुक्त बनाउन प्रधानमन्त्रीले मन्त्री परिषद् विस्तारमा ध्यान दिइरहेकी छन् र सोमबारसम्ममा यसलाई अन्तिम रुप दिने तयारी रहेको बुझिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।