सुशीला कार्की प्रधानमन्त्री नियुक्त हुँदै, आजै शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अन्तरिम सरकारको नेतृत्वका लागि नियुक्त पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आजै साँझ ८:४५ बजे राष्ट्रपति निवास शितल निवासमा पद तथा गोपनीयताको सपथ लिने भएकी छन्।

शितल निवास स्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम सरकार प्रमुखको पदमा नियुक्त गरेसँगै आज नै सपथग्रहण कार्यक्रम तय गरिएको हो।

नेपालको पहिलो महिला प्रधानन्यायाधीश रहेकी कार्कीलाई जेनजी आन्दोलनको दबाबपछि अन्तरिम सरकारको नेतृत्वमा अघि सारिएको हो। उनी भ्रष्टाचारविरुद्ध कडा अडानका कारण परिचित छिन्।

सपथपछि कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद् गठन तथा प्राथमिक कार्यसूची सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।