काठमाडौँ। संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिहरूको बैठक बस्ने भएको छ। राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आजका लागि बैठक तय गरेका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिमा सभापतिको औपचारिक घोषणा गर्ने कार्यसूची छ। यस समितिको सभापतिमा सांसद ईश्वरी न्यौपाने निर्विरोध उम्मेदवार भएकी छिन्। उनको एकल उम्मेदवारी परेकाले अब औपचारिक रूपमा सभापति घोषणा मात्रै बाँकी छ । यो प्रक्रिया पूरा गर्न दिउँसो ३ बजे बैठक बस्नेछ।
यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामति सेवा विधेयक, २०८० सम्बन्धी दफावार छलफल हुने कार्यक्रम छ।
त्यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन (२०८१/८२) बारे छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
Comment