काठमाडाैं । आर्थिक वर्ष २०८१/८२ मा चालु खाता ४ खर्ब ९ अर्ब २० करोड रूपैयाँले बचतमा रहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे वर्तमान आर्थिक तथा वित्तीय स्थितिले यस्ताे देखाएकाे हाे । अघिल्लो वर्ष चालु खाता रु.२ खर्ब २१ अर्ब ७१ करोडले बचतमा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षमा १ अर्ब ६७ करोडले बचतमा रहेको चालु खाता समीक्षा वर्षमा ३ अर्ब १ करोडले बचतमा रहेको छ ।
समीक्षा वर्षमा खुद पुँजीगत ट्रान्सफर रु.९ अर्ब ८४ करोड रहेको छ । अघिल्लो वर्षमा यस्तो ट्रान्सफर रु.५ अर्ब ८१ करोड रहेको थियो।
यसैगरी, समीक्षा वर्षमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.१२ अर्ब २ करोड भित्रिएको छ । अघिल्लो वर्ष यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.८ अर्ब ४७ करोड रहेको थियो।
समीक्षा वर्षमा शोधनान्तर स्थिति रु.५९४ अर्ब ५४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.५०२ अर्ब ४९ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष ३ अर्ब ७७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा ४ अर्ब ३७ करोडले बचतमा रहेको छ ।
Comment