ललितपुर । विधान श्रेष्ठको अध्यक्षतामा ललितपुर जिल्ला मुवाथाई संघको २१ सदस्यीय कार्यसमिति गठन गरिएको छ। ललितपुर जिल्ला खेलकुद विकास समितिको सभाहल, प्रयागपोखरीमा आज शुक्रबार आयोजित विशेष कार्यक्रममा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको नवगठित समितिका कोषाध्यक्ष अनिल श्रेष्ठले जानकारी दिनुभयो।
समितिको अध्यक्षमा विधान श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् भने उपाध्यक्षमा सविन चालिसे र सञ्जय डंगोल, सचिवमा सागर अमात्य, ससचिवमा कारम्पा महर्जन, कोषाध्यक्षमा अनिल श्रेष्ठ र सहकोषाध्यक्षमा दिपेश चित्रकार सर्वसम्मत भएका छन्।
त्यस्तै सदस्यहरूमा विश्वराम लामा, दीपक तामाङ, दीपेन्द्र नेपाली, दीपा शाही, सुप्रिन्स शाक्य, आश्विन बज्राचार्य, उत्तम महर्जन, विजय नगरकोटी, सुनिल नकर्मी, बुद्ध तामाङ, राकेश देशार, सपन कुमार तामाङ, सुनिल महर्जन र बिशायु के.सी. चयन भएका छन्।
ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेश नेपाल मुवाथाई संघका अध्यक्ष मनिष लिवि, नेपाल मुवाथाईका केन्द्रीय उपाध्यक्ष भुपेश शाक्य, केन्द्रीय सचिव बालगोपाल ठकुरी शाह, केन्द्रीय सदस्य अनिल श्रेष्ठ र बागमती प्रदेश उपाध्यक्ष सुवास अधिकारीको विशेष उपस्थिति थियो।
नवगठित समितिले जिल्लाभर मुवाथाई खेलको प्रचार–प्रसार, प्रशिक्षण, प्रतियोगिता तथा खेलाडी उत्पादनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।
Comment