भारतीय बक्सअफिसमा ‘कुली’ र ‘वार २’ को धमाका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत बिहीबारदेखि प्रदर्शनमा आएका भारतीय फिल्म ‘कुली’ र ‘वार २’ ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेका छन्।

रजनीकान्त अभिनीत लोकेश कनागराज निर्देशित ‘कुली’ ले पहिलो दिनमै ६५ करोड भारु कमाउँदै बलियो ओपनिङ गरेको थियो। दोस्रो दिन ५४.७५ करोड र तेस्रो दिन ३८.६ करोड कमाउँदै फिल्मले तीन दिनमै भारतभित्र १५८ करोड भारु नेट कमाइ गरेको छ। दुइ दिनमै १०० करोड क्लबमा प्रवेश गर्दै ‘कुली’ सबैभन्दा छिटो करोड क्लबमा पुगेको तमिल फिल्म बनेको छ। विश्वभर भने यसले ३०० करोड भारु व्यापार गरिसकेको छ। फिल्ममा रजनीकान्तसँगै नागार्जुन, श्रुति हसन, सौबिन शाहिर, सत्यराज, उपेन्द्र र आमिर खान प्रमुख भूमिकामा छन्।

यस्तै, ऋतिक रोशन र जुनियर एनटीआर अभिनीत ‘वार २’ ले पनि बक्सअफिसमा बलियो सुरुवात गरेको छ। पहिलो दिन ५२ करोड कमाएको फिल्मले दोस्रो दिन ५६.३५ करोड र तेस्रो दिन ३३.३५ करोड कमाउँदै तीन दिनमा भारतमै १४२ करोड नेट कमाइ गरेको छ। विश्वभरबाट भने यसले २१५ करोड भारु उठाइसकेको छ।

अयान मुखर्जी निर्देशित यो फिल्म सन् २०१९ को ‘वार’ को सिक्वेल हो। यसमार्फत जुनियर एनटीआर ले हिन्दी फिल्म उद्योगमा डेब्यु गरेका छन् भने कियारा आडवाणी पनि मुख्य भूमिकामा देखिएकी छिन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।