उत्तराखण्डको बाढीमा १७ नेपाली बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर कम्तीमा १७ जना नेपाली बेपत्ता भएका छन्। बर्दियाका ४ र जाजरकोटका १३ जना सम्पर्कविहीन भएको स्थानीय प्रशासनले जनाएको छ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार थप ३ जना घाइते भएका छन्। जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले गाउँपालिकाका १३ जनाभन्दा बढी हराएको विज्ञप्ति जारी गर्दै खोज तथा उद्धारका लागि नेपाल सरकारलाई कूटनीतिक पहल गर्न आग्रह गरेका छन्।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर प्रकाश मल्लका अनुसार भारतीय पक्षसँग खोज तथा उद्धारमा समन्वय भइरहेको छ। बुधबार दिउँसो आएको बाढीमा परेर एक सयभन्दा बढी बेपत्ता र कम्तीमा ५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बाढीले सबैभन्दा बढी क्षति उत्तरकाशीको धराली बजारमा पुगेको छ, जहाँ धेरै नेपाली मजदुरीका लागि जाने गर्छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।