काठमाडौं । कोरिया भाषा परीक्षाको आवेदन यहि साउन २६ गतेदेखि खुल्ने भएको छ ।
कोरियाली मानव संसाधन विकास सेवा (एचआरडी कोरिया)ले आफ्नो वेबसाइटमार्फत् एक सूचना जारी गर्दै ईपीएस भाषा परीक्षाका लागि आवेदन खुलाउने जानकारी गराएको हो ।
एचआरडी कोरियाका अनुसार साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त आवेदनमा एक व्यक्तीले एक वटा क्षेत्रमा मात्र आवेदन दिन पाउनेछन् ।
त्यस्तै, आवेदन दिनका लागि १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ । सन् २०२५ को प्रथम चरणको कोरिया भाषा परीक्षमा उत्पादन मुलक क्षेत्रमा ३५०० र कृषि तथ पशुपालन क्षेत्रमा १८०० गरि जम्मा जम्मा ५३०० परिक्षार्थी उत्तिर्ण हुने अनुमान गरिएको छ ।
नेपालीहरुको आकर्षक श्रम गन्तव्य बनेको दक्षिण कोरियाको भाषा अध्ययन गरेका धेरै युवाहरु अहिले परिक्षाको पर्खाइमा बसीरहेका छन् । दक्षिण कोरियाले सन् २००८ बाट नेपाली कामदारहरु लैजादै आएको छ ।
Comment