काठमाडौं । सेयर बजार परिसूचक नेप्से सोमबार ८.६३ अंकले बढेर २८६७.५३ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार कुल कारोबार रकम १० अर्ब ८२ करोड २० लाख रुपैयाँ पुगेको छ।
दोस्रो कारोबार दिन कुल १६२ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा १६१ वटाको मूल्य घटेको छ। दुईवटा कम्पनीको सेयर भने अघिल्लो मूल्यमै स्थिर रह्यो।
सबैभन्दा बढी वृद्धि मुक्तिनाथ विकास बैंक, सगरमाथा जलविद्युत्, मौलुङ हाइड्रोपावर, लिबर्टी इनर्जी र कालिका पावरको सेयर मूल्यमा देखिएको छ। यता, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी लिमिटेड, नेपाल फाइनान्स, सिभिल बैंकको डिबेन्चर, सप्तकोशी डेभलपमेन्ट बैंक र कुमारी इक्विटी फन्डको सेयर मूल्य घटेको छ।
यस दिन सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स कम्पनीको भएको नेप्सेले जनाएको छ।
Comment